ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिकाको  सार्वजनिक  सुनुवाइ  कार्यक्रम  सम्पन्न  

  प्रकाश शर्मा २०७९ माघ ११ गते बुधबार १३:२५:५७ मा प्रकाशित

प्रकाश शर्मा माघ ११,सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  

 आ. व २०७९/०८० को पहिलो चौमासिक  प्रगति प्रतिबेदन  सार्वजनिक  गर्ने सबैधानिक प्रावधान अनुसार  दार्मा गाउपालिकाले  मंगलबार सार्वजनिक  सुनुवाइ  कार्यक्रम  गरेको हो ।

 दार्मा गाउँ  पालिका भित्र रहेका सेवाग्राही को गुनासो सुन्न ,सार्वजनिक पारदर्शीता ,नागरिक सन्तुस्टि सर्वेक्षण गर्न ,गाउँपालिका ले प्रदान  गरेका सेवा बारे जानकारी गराउनन,  जनप्रतिनिधि  र कर्माचारीलाइ जनताप्रति  उत्तरदायी बनाउने  उदेश्यले सार्वजनिक  सुनुवाइ  गरिएको  दार्मा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रेशम ओलीले जानकारी दिनु भयो ।

 सार्वजनिक  सुनुवाइमा  दार्मा गाउँपालिकाबाट गरिएको  सेवा प्रबाह प्रति जनताले आफूलाई लागेका गुनासा तथा शुझाब दिएका थिए भने उठेका  विषयमा  दार्मा गाउपालिका  अध्यक्ष  निम बहादुर केसि ,उपाध्यक्ष  जुना मल्ल ,प्रमुख प्रशासकीय  अधिकृत  रेसम ओली  र सम्बधित शाखा प्रमुख र वडाध्यक्षहरुले उठेका  जवाफ दिनु भएको थियो । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top