होमपेज / अर्थ
प्रकाश शर्मा असोज १२,सल्यान
भल्चौर साना किसान सहकारी संस्था लिमिटेड दार्मा गाउँपाालिका- ४ को भेला मंगलबार सम्पन्न भएकोछ ।
भेलाले सहकारी भित्र भएको आर्थिक हिनामिनामा सहकारी प्रबन्धक माथि छानविन समितिले निकालेको प्रतिवेदन पास गरेको छ । प्रतिवेदनमा सहकारीका प्रबन्धक दार्मा गाउँपालिका -३ डाडागाउँ निवासी हेमन्त ओलीले ७४लाख ८० हजार ८ सय रुपैया हिनामिना गरेको पुस्टि गरिएको छ ।
दार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेशम ओली संयोजक रहेको छानवीन समितिले गत भदौ २० गते संचालक समितिमा प्रतिवेदन पेस गरेको थियो ।
प्रतिवेदनमा ओलीले सहकाररीबाट निजि ऋण तिर्न १८ लाख सहित विभिन्न शिर्षकमा हिनामिना गरेको भनिएको छ ।
यस्तै भवन निर्माण ,डिपो संचालन, डेरी संचालन तथा विभिन्न सरकारी तथा गैर सरकारी संथाबाट आएको अनुदानमा हिनामिना गरेको भनिएको छ
प्रबन्ध ओली नक्कली ऋणि तयार गरी आफैले रकम प्रयोग गरेको पाइएको छ ।सहकारी संचालक समितिले भदौ २० मा प्रतिवेदन सार्वजनिक गर्दै सहकारी प्रबन्धक हेमन्त ओलीलाई एक हप्ता भित्र कार्यालयमा हाजिरि भई हिसाब मिलान गर्न अल्टिमेटम दिएको थियो । सो म्याद कटेपछि सहकारीको भेला बोलाई प्रतिबेदन पास गरिएको छ ।





.jpg)