ट्रेण्डिङ

होमपेज / अर्थ

 बनगाड कुपिण्डे नगरपालिकामा दुई दिने व्यवसायिक बाख्रापालन तालिम सुरु 

  इन्द्र बुढाथोकी २०७९ भाद्र २९ गते बुधबार १७:५०:१८ मा प्रकाशित

भदौ २९,सल्यान 
 सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा दुई दिने व्यवसायिक बाख्रा पालन तालिम उद्घाटन  भएको छ  ।  नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय सस्था लि. को आयोजनामा  तालिम सुरु भएको हो ।

 तालिमको उद्घाटन गर्दै नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले   सानो पैसालाई  जम्मा गरेर त्यसलाई व्यावसायिक तरिकाले अगाडि बढ्न सबैमा आग्रह गर्नु भएको छ । नगरपालिकाको तर्फबाट अब विभिन्न क्षेत्रमा समुह बनाएर बाख्रा पालन लगाएतका क्षेत्रमा नगरपालिकाको तर्फबाट अनुदान सहयोग गर्ने समेत बताउनु भएको छ । बनगाड कुपिण्डे नगरपालिकामा कृषि र पशुपालन तर्फ विभिन्न अध्ययन गरेर व्यावसायिक तरिकाले जनताको जीवन स्तर सुधार तर्फ अगाडि बढ्ने प्रमुख बुढाथोकीले बताउनु भएको छ । त्यसतर्फ केही सस्थाहरु सङ्ग समन्वय गरेर अगाडि बढ्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिनु भएको छ । व्यावसायिक तरिकाले कसरी अगाडि बढ्न सकिन्छ त्यसतर्फ अनुसन्धान गरेर अगाडि बढिरहेको समेत उहाले बताउनु भएको छ । 

सबैले पेशा गर्नु पर्ने र बदमासी तरिकाले पैसा कमाउने तर्फ भन्दा मेहनत गरेर व्यावसायिक तरिकाले गरेपछि अगाडि बढ्ने जनताको जिवनस्तर सुधार तर्फ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

उक्त सस्थाले ३० जना समुहका कृषकहरुलाइ व्यावसायिक बाख्रा पालन तालिम दिने छ । वित्तीय सस्थाले यस क्षेत्रमा व्यावसायिक क्षेत्रतर्फ लगानी गरिरहेको समेत शाखा प्रमुख डिल्लीराज बुढाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top