होमपेज / अर्थ
प्रकाश शर्मा भदौ २१,सल्यान
सल्यानको एक सहकारीका प्रबन्धकले लाखौं रुपैयाँ हिनामिना गरेको छानविन समितिले निष्कर्ष निकालेको छ ।
दार्मा गाउँपालिका ४ राममाटामा रहेको भल्चौर साना किसान सहकारी संस्था लिमिटेड प्रबन्धक हेमन्त वलीले लाखौं रुपैयाँ हिनामिना गरेको छानविन समितिले निष्कर्ष निकालेको हो । समितिले प्रबन्धक वलीले ७४ लाख ८५ हजार ८२० रुपैयाँ ८ पैसा हिनामिना गरेको पुष्टि भएको जनाएको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकमा छानबिन समितिले उक्त प्रतिवेदन पेस गरेको छ।
सञ्चालक समितिको बैठकले निज हेमन्त वलीलाई प्रबन्धकबाट निलम्बन गर्दै ७ दिनभित्र कार्यालयमा उपस्थित भएर हिसाब मिलान गर्न अन्तिम अल्टिमेटम दिएको छ।अन्यथा निजलाई कानुनी उपचार गरिने जनाएको छ।





.jpg)