होमपेज / अर्थ
असार १८,सल्यान
लक्षित वर्गका तथा जनजाति वर्गका महिलाहरूलाई १० दिने क्रिस्टल तालिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सम्पन्न भएको छ ।
महिला तथा बालबालिका शाखा देवस्थलको आयोजनामा तालिम सुरु भएको थियो । । तालिममा असार ९ गते देखी १८ गते सम्म ६० जनाको सहभागी रहेको थियो । सीप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मूल उद्देश्यका साथ सीप सिकाएको यसलाई निरन्तरता दिने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । अब सीप सिकेर व्यवहारमा लागु गर्न सबैमा अनुरोध गर्नु भएको छ ।
पूर्व नगर उप प्रमुख मञ्जु यरीले यस्ता खालका कार्यक्रमको लागि आफूले विगतमा पहल गरेको र आउँदो दिनमा पनि पहल गरी रहने बताउनु भएको छ । १ न वडा अध्यक्ष थुम बहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख निरु शाहीले गर्नु भएको थियो ।





.jpg)