ट्रेण्डिङ

होमपेज / अर्थ

कर छुट गर्दै सल्यानका स्थानीय तह

  इन्द्र बुढाथोकी २०७९ असार १२ गते आइतबार १६:४७:०३ मा प्रकाशित

असार १२,सल्यान 

देशभर करको चर्को विरोध भइरहँदा केही स्थानीय तह उदाहरणीय काम गरी रहेका छन् । सानातिना कुरामा पनि जनताको ढाड सेकिने गरी कर उठाएको कुरा चली रहँदा केही स्थानीय तह भने अरू भन्दा भिन्न र जनसेवी देखिएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूले विगतका  विगतमा लिँदै आइरहेको करलाई पनि निशूलक गरिदिएका छन् । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिकाले नागरिकता सिफारिस सेवा निःशुल्क प्रदान गर्ने भएका छन् । 

बनगाड कुपिण्डे नगरपालिकाले यसअघि नागरिकताको सिफारिसमा लिँदै आएको शुल्क अर्को आउँदो आर्थिक वर्षदेखि नलिने भएको छ । यसअघि नागरिकता सिफारिसमा ३०० रुपैयाँ लिँदै आएकोमा आउँदो आर्थिक वर्षबाट नागरिकता सिफारिस निशूलक गर्ने व्यवस्था गरिएको मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । जनताको सहुलियतका लागि प्रत्यक्ष सेवा प्रदान गर्न नागरिकता सिफारिसमा निःशुल्क गरिएको उहाँको भनाई छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट नै नागरिकता सिफारिसमा लाग्ने कर हटाउने निर्णय गरिएको बुढाथोकीको भनाई छ । 

यस्तै शारदा नगरपालिकाले भने चालु आर्थिक वर्षको असार १ गतेदेखि नै नागरिकता सिफारिसमा लाग्ने शुल्क हटाएको छ । नगरवासीको सहजताका लागि नागरिकता सिफारिस निःशुल्क गरिएको मेयर प्रकाश भण्डारीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top