होमपेज / अर्थ
इन्द्र बुढाथोकी असार ११,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६९ करोड ९१ लाखको बजेट ल्याएको छ । चालुतर्फ ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत र पुजिगत तर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट ल्याएको हो ।
आर्थिक वर्ष २०७९र०८० का लागि अनुमान गरिएको खर्च व्यहोर्नुपर्ने स्रोतहरु मध्ये आन्तरिक राजस्वबाट १ करोड , नेपाल सरकार वितिय समानिकरण अनुदान १२ करोड ६४ लाख, विशेष अनुदानबाट ७० लाख, समपुरक अनुदान बापत १ करोड र शसर्त अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व वाडँफाडँबाट १२ करोड ६४ लाख त्यस्तै कर्णाली प्रदेश सरकारबाट वितिय समानिकरण अनुदान १ करोड ३० लाख, राजश्व वाडँफाँड २९ लाख, कर्णाली प्रदेश समपुरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख व्यहोर्ने र गत आ.व.को ९ करोड बचत रकम रहेको उल्लेख गरिएको छ ।
बजेटमा विपद् व्यवस्थापन १५ लाख, पर्यटन १ करोड, वन तथा भु संरक्षण र जलाधार संरक्षण १ करोड ६५ लाख, बनगाड खोला र सङ्ग्रही खोलामा ४० लाख, सस्थागत विकास सुशासन तथा सेवा प्रबाहमा १२ करोड ११ लाख, लैंगिक समानता र सामाजिक समावेशिकरणमा ३० लाख, सफा र शुद्ध खानेपानी सरसफाइ गर्ने हाम्रो बानीमा ६५ लाख, युवा खेलकुद तथा मनोरञ्जन ३० लाख, स्वास्थ्य सेवा २ करोड, आर्युवेद १५ लाख,रकम विनियोजना गरिएको छ ।
\यस्तै शिक्षामा २ करोड ७० लाख ,उज्यालो नगर उर्जामा १ करोड स्थानीय पुर्वाधार सडक १ करोड ५० लाख, साना सिचाइ ५० लाख कृषि ७० लाख, सार्वजनिक सेवामा लागि वडा कार्यालय निर्माण ८० लाख चमेना गृह २० लाख, सबै वडामा ४० लाख दरले १२ वडामा ४ करोड ८० लाख गत आ.व.मा सम्झौता भइ संचालनमा भएका योजनाहरुमा ३ करोड ८० लाख बजेट विनियोजन गरिएको उपमेयर पुरुषोत्तम आचार्यले जानकारी दिनु भयो ।





.jpg)