होमपेज / अर्थ
इन्द्र बुढाथोकी असार ४,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगर सभा सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
नगर सभाबाट पारित गर्नको लागि बस्ती स्तरबाट योजना छनोट गरेर ल्याउने समेत निर्णय गरेको ३ न वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुन मगरले जानकारी दिनु भएको छ । साथै राजस्व परामर्श समितिबाट पेस भएको आ.व।.२०७९/०८० का लागि प्रस्तावित कर तथा राजश्वका दर सहितको प्रतिवेदन संशोधन सहित, पारितका लागि आगामी नगर सभामा पेस गर्ने निर्णय गरेको छ । मालपोत कार्यालय सल्यानबाट २०७९ /०८० मा घर जग्गाको प्रयोजनका लागि घर जग्गाको न्यूनतम मूल्याङ्कन (मूल्य निर्धारण) का लागि राय सुझाव माग भएकोमा २०७८/०७९ को मूल्याङ्कनको लागि
नगरपालिका भित्रका सबै बजार क्षेत्रहरूको मालपोत कार्यालय सल्यान राय सुझाव पेस गर्ने
भू उपयोग ऐन, २०७६ को दफा १८ को उपदफा २ बमोजिम सम्बन्धित नगर कार्यपालिकाका सम्पूर्ण सदस्यहरू भू उपयोग परिषद् सदस्य रहनु हुने व्यवस्था भएकोले नगर कार्यपालिकाले नै भू उपयोग परिषद्को रुपमा कामकाज गर्ने निर्णय गरेको प्रवक्ता पुन मगरले बताउनु भएको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले प्रस्ताव गरेको बजेट सीमालाई सामान्य परिमार्जन गरी आगामीआर्थिक वर्ष २०७९/०८० का लागि योजना तथा कार्यक्रम प्रस्ताव गर्न वडा कार्यालय तथा विषयगत शाखालाई निर्देशन गर्ने निर्णय गरिएको छ ।





.jpg)