ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको सल्लीबजारमा सांग्रीला डेभलपमेन्ट विकास बैंकको सेवा सुरु

  इन्द्र बुढाथोकी २०७८ माघ २७ गते बिहीबार २०:५६:२० मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २७,सल्यान 
सांग्रीला डेभलपमेन्ट विकास बैंकले सल्यानको सल्लीबजारमा  नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा १०७ पुगेको छ । 

ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले सल्लीबजारमा बैंकिङ सेवा सुरु गरेको शाखा प्रमुख ओम प्रकाश अधिकारीले जानकारी दिए । सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले धितो र बिना धितो कर्जा, ग्राहकको सेवालाई मध्यनजर गरी ग्राहकको कर्जा सुरक्षित गरिने उनको भनाई छ । स्थानीय विकासको आधार सहितको सेवा प्रदान गरिने उनको भनाई छ ।  बैंकको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन र सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top