होमपेज / अर्थ
इन्द्र बुढाथोकी माघ २६,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सल्यान - काठमाडौं सम्पर्क समन्वय समितिले पक्षघात भएको विरामीलाई आथिएक सहयोग गरेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका ३५ वर्षका अनिल बस्नेतलाई समन्वय समितिले ५७ हजार ६ सय २५ रुपैयाँ आथिएक सहयोग गरेको हो ।
एक्कासि प्रेसरका कारण पक्षघात भइ विरामी भएको खबर सुनेपछि आफूहरुले सहयोग गरेको सल्यान- काठमाण्डौ सम्पर्क समन्वय समितिका संयोजक मोतिराम रेउलेले बताए । बस्नेतको माघ ८ गतेदेखि काठमाडौको अन्नपूर्ण न्यूरोलोजिकल हस्पिटलमा उपचार भइरहेको छ । उनका आफ्न्तले यसरी सबैलाई आर्थिक सहयोग गरिदिनको लागि सबैमा अनुरोध गरेका छन् । ।
सहयोगी मनहरुले 0 2 4 0 0 1 4 60 7200001 कुमारी बैकमा रहेको तिलक बस्नेतको खातामा रहेको जम्मा गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।





.jpg)