ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउपालिकाको दशौँ गाउँसभा

  प्रकाश शर्मा २०७८ माघ १७ गते सोमबार ११:१७:४५ मा प्रकाशित

प्रकाश शर्मा माघ १७,सल्यान 

 दार्मा गाउपालिकाको  दशौँ गाउँसभा आइतबारबाट सुरु गरको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष  निम बहादुर केसी ले चालु आर्थिक बर्षमा भएको प्रगति प्रतिवेदन पेस  गरेका छन् ।

सभामा  गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत अमृत खड्काले  वित्तीय  प्रगति प्रतिबेदन  पेस गरेक छन् ।वित्तीय  प्रगति प्रतिबेदनमा चालू आ. ब मा  संकलन गरिएको राजस्व र  खर्च बजेट समेत प्रस्तुत गर्नु भएको छ  । उनका अनुसार  आर्थिक वर्षमा चालु तर्फ २९ करोड ९१ लाख ६३ हजार ७ सय ३३ बजेटमा ११ करोड ५३ लाख ८२ हजार ७ सय ४२ पुजिगत तर्फ १४ करोड ९९ लाख ९८ हजार २ सय ७८ मा २७ मा २ करोड ७२ लाख ६९ हजार ९ सय ९१  रुपेयाँ  गरी जम्ममा ४४ करोड ८६ लाख ३२ हजारमा १४ करोड ४२ लाख ६९ हजार ६ सय ५२ रुपैयाँ खर्च भएको विवरण पेश गरिएको छ । 

सभामा दार्मा गाउपालिका सामाजिक विकाश शाखा  चन्द्र बहादुर रावतले दार्मा गाउपालिकाको शिक्षाक्षेत्र  योजना २०७९/ २०८३,  अध्यक्ष निम बहादुर केसि ले दार्मा गाउँपालिकाको प्रथम पञ्च बर्षिय योजना २०७८/२०८३, लेखा समिति पुतला खड्काले बेरुजु  फर्च्युट प्रतिबेदन, खेलकुद विकास शाखा दुर्गा बहादुर मल्लले शिक्षा ऐन संसोधन  २०७७, खेलकुद विकास ऐन २०७८ , वन ब्यबस्थापन विधेक २०७८
पेस गरेका छन्  ।

यस्र्त  उपाध्यक्ष  टीका शर्माले स्थायी कर्माचारीको तलवी विबरण र चालू आ.ब को संसोधन वजेट ७०लाख ४३ हजार  पेश गरेकी छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top