ट्रेण्डिङ

होमपेज / अर्थ

एन.आइ. सी. एसियाद्वारा बिमा रकम हस्तान्तरण

  इन्द्र बुढाथोकी २०७८ पौष २९ गते बिहीबार १५:३४:५१ मा प्रकाशित

इन्द्र बुढाथोकी २९ पुस,सल्यान

एन आइ सी एसिया लघुवित्त वित्तीय संस्था सल्लीबजार सल्यानले समूह सदस्यका अभिभावकको मृत्यु भएका परिवारलाई मृत्यु दाबी बिमास्वरुप रकम  हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमका बिच शाखा प्रमुख अर्जुन विकले तीन जना पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन ।  सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी पवित्रा भडेल श्रेष्ठको श्रीमान्  शैलेन्द्र दास श्रेष्ठको कोरोनाका कारण  मृत्यु भएको थियो । उनको श्रीमतीलाई ५७ हजार २ सय रुपैयाँ बिमा स्वरूप रकम हस्तान्तरण गरिएको छ ।

  त्यसै गरी रिपनी कामी श्रीमान् दुर्गे कामी पनि कोरोनाले वैशाखमा मृत्यु भएको थियो । त्यसै गरी चन्द्रकला कठायतको श्रीमान् प्रेम कठायतको पनि क्यान्सरले मृत्यु भएको थियो । कामी र कठायत दुबै जनालाई २८ हजार ६ सय रुपैयाँ बिमा स्वरूप राहत दिएको छ । समूहका सदस्यहरूका अभिभावकहरूको मृत्यु भएकोले उनको परिवारलाई राहत स्वरूप थोरै रकम भए पनि हस्तान्तरण गरिएको शाखा प्रमुख विकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top