ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिकामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

  प्रकाश शर्मा २०७८ पौष २९ गते बिहीबार १४:४७:१० मा प्रकाशित

प्रकाश शर्मा  पुस २९, दार्मा 
 गरिब विपन्न समुदायलाई स्वारोजगार बनाउने उद्देश्यले  सञ्चालन गरेको दार्मा गाउम्पालिकामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै  गएको छ । 

अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वारोजगार बनाउँदै जाने उद्देश्यनुसार गाउँपालिकामा संचालन गरिएका सीप तालिमबाट ग्रामीण क्षेत्रका महिलाहरु तथा पुरुष लाभान्वित भएका छन् । अहिले महिला चुलोचौको र पुरुष घरमै अरुकाममा सीमित भएका दार्माका  समुदाय अहिले धमाधम सीप सिक्न व्यस्त छन् । 

दार्मा गाउपालिकाका सबै वडाबट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा  सिलाईकटाई, पलम्बर, विद्युत वाइरिङ, ड्राइभर तालिम, कम्प्युटर तालिममा  महिला पुरुष व्यस्त हुँदै आइरहेका छन् । 

सिलाइकटाईमा महिला ३६ जना, पलम्बरमा २६ जना पुरुष, मसला उद्योगमा १२ जना महिला, ड्राइभर ३६ जना पुरुष, विद्युत वाइरिङमा ३० जना पुरुष, जाीयारीमा३० महिला  र कम्प्युटर मर्मत  ३०मा गरी जम्मा २००  जनाले  तालिम लिइरहेको गाउँपालिकाले जनाएको छ । 

दार्मा गाउँपालिकाको गत आ. ब को रु ४५ लाख रकम मा ३२ लाखमा कबुल गरी नागार्जुन ईन्सेक हेल्थसाइनस् प्रालि काठमान्डौं  र कुमाख कलेज अफ होटेल मेनेज मेन्ट टेक्निकल कलेज तुलसिपुर दाङ को प्राविधिक  सहयोगमा तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकालाई आर्थिक रुपमा बलियो बनाउन आयआर्जन तथा उद्यमीशिलता तालिम र व्यवसायमा बजेटको व्यवस्था गरिएको उपाध्यक्ष टिका शर्मा वलीले बताइन । 
स्वारोजगार बनाउन सरकारले खर्च गरेको पैसाले सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा उनको जोड रहेको छ  । गाउँपालिकाले तालिम सिकेर व्यवसाय शुरु गर्नेलाई थप सीप सिकाईने र औजारको लागी बजेटको व्यवस्था गर्ने थप व्यवस्थाका लागी अरु निकाय समक्ष समन्वय गर्ने उनको भनाई छ ।

स्थानीय कच्चा पदार्थबाट सामाग्री उत्पादन गरेर विक्रि वितरणका लागी बजारीकरण गरि आर्थिक हिसावमा बलियो बनाई गरिब असाहायलाई उद्यमी बनाउन यो कार्यक्रले टेवा पुग्ने छ गाउँपालिका उपाध्यक्ष शर्माले  बताईन् ।       

 पुरूषले परम्परागत रूपमा काम गरी रहेपनि बजारको माग अनुसार आधुनिकी औजारहरू निर्माण गरेर बजार प्रर्वदन गर्न सजिलो हुने  गरी तालिमको आयोजना गरिएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top