होमपेज / अर्थ
प्रकाश शर्मा मंसिर १६,सल्यान
दार्माकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
दार्मा गाउँपालिका - २ को मौलेइखालिमा बुधवार दार्माकोट साना किसान कृषि सहकारी संस्था लि। को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै साना किसान विकास लघुवित्तिय संस्था लिमिटेड कृषि सहकारी संस्था केन्द्रीय अध्यक्ष खेम बहादुर पाठकले नेपालको सन्दर्भ सहकारी को विकास छोटो समयमा धेरै व्यापक रुपमा फैलिएको बताउनु भयो । सहकारीले छरिएर रहेको पुजी सङ्कलन गरी ठुलो पुजिसँग प्रतिस्पर्धा गर्दै आइरहेको बताउँदै उहाँले टोल टोलमा सहकारी घरघरमा भकारीको भन्ने राज्यको नीति अनुसार आत्मसाथ गरी एक घर एक सहकारी सदस्य बनाउनु पर्ने बताउनु भयो । एकै पटक ठुलो पुजिको जम्मा गर्न नसक्ने निम्न आयस्रोत भएका व्यक्तिहरूका लागि सहकारी निकै सहयोगी साबित भएको उहाँको भनाई छ ।
ससाना किसान विकास लघुवित्तिय विकास संस्था कर्णाली प्रदेश इलाका प्रबन्धक राजेन्द्र भण्डारीले सहकारीमा लगानी गरिएको पुँजीको मुनाफा आफ्नै हुने र सहकारीमा लगानी गर्न कोही पनि हिचकिचाउन नहुने बताए । आफ्नो सहकारीको अवस्था के छ रुआर्थिक कारोबार ,आर्थिक नीति अनुरूप भएनभएको निगरानी गर्न सबै साधारण सदस्यहरूलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय सहकारी संस्था सञ्चालक सदस्य टीका बुढाथोकीले सहकारीबाट महिलाहरूको क्षमताको विकास र सम्पत्तिको स्वामित्वको चेतना बढेको बताउँदै महिलाको नेतृत्व विकास समेत भएको बताउनु भयो ।दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले सहकारी समाज परिवर्तनको अभिन्न अङ्ग भएको बताउँदै सहकारीबाट आर्थिक विकास गर्ने र समाजवादको आधार तयार गर्ने नीति माओवादी केन्द्रको भएको बताउनु भयो ।





.jpg)