ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिका र नविल बैंक बिच कर्जा परिचालन सम्झौतामा हस्ताक्षर

  प्रकाश शर्मा २०७८ कार्तिक ३० गते मंगलबार ११:३३:३८ मा प्रकाशित

प्रकाश शर्मा कात्तिक ३०,सल्यान 
 नविल बैंक शाखा दार्माको आयोजनामा   नविल दिगो बैङ्किङ्ग ,नविल किसान कर्जा, नविल उद्यमशिलता कर्जा ,वित्तीय शाक्षर, तथा  अभिमुखिकरण कार्यक्रम  सम्पन्न  भएको छ । 

  नेपालको ग्रामिण तथा दुर्गम भेगमा वित्तिय पहुँचलाई बिस्तार गरि कृषक महिला तथा युवाहरुमा उद्यमशिलताको विकास गर्ने लक्ष्यका साथ सोमबार अभिमुखिकरण गरिएको हो । 

कार्यक्रमा  संघिय संसद टेक बहादुर बस्नेत ,दार्मा गाउँपालिकाका अध्यक्ष  निम बहादुर केसी ,उपाध्यक्ष टीका शर्मा विद्युत प्राधिकरण सल्यानका प्रमुख अशोक लोहानी नविल बैंक कर्णाली प्रदेश  प्रमुख गोपि पान्डे,  नविल दिगो विकासका लिला प्रसाद ओझा  दार्माका उद्योगी, व्यापारी राजनितिज्ञ कृषक गरि १००  जनाको उपस्थिति  थियो ।  कर्जा परिचालन, गाउँपालिकाको भूमिका, कर्जा असुलि, कर्जा छुट सेवा सुविधाको विषयमा नविल बैंक कर्णाली प्रदेश  प्रमुख गोपि पान्डे प्रस्ट पारेका थिए ।  

प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले श्रम महत्वपुर्ण  विषय भएको उद्यमशितलाले गुणमा परिवर्तन ल्याउनुका साथै उत्पादनमुखी हुनु पर्ने बताए ।  नेकपा माओवादीका केन्द्रीय  सदस्य तथा सामान्य प्रशासन विभाग प्रमुख   समेत रहेका बस्नेतले जनताको त्याग तपस्या वलिदानिबाट प्राप्त संघिय गनतन्त्र र यस्का उपजहरुलाइ सहि ढङ्गले प्रयोग गरी जनतालार्इ छिटो छरितो सहज सुलभ सेवा दिन बैंकलाई  अनुरोध गरे ।  जनताले लिएको कर्जा जुन प्रयोजनको लागि लिर्इको हो त्यो प्रयोजनमा खर्च नगरे त्यो भ्रष्टाचार  हुने बताए । 

गाउँपाकिला अध्यक्ष निम बहादुर  केसीले दर्माली जनाताको हित हुनेगरि मुस्कान सहितको सेवा दिनुपर्ने र केही प्रविधिक जनशक्ति  ब्यबस्थपनमा आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए ।   

कार्यक्रममा  नविल किसान कर्जा नबिल उद्यमशिल कर्जा परिजालन  नितिमा दार्मा गाउँपालिको तर्फबाट अध्यक्ष  निम बहादुर केसी  र नविल बैंकको तर्फबाट नविल दिगो बिकासका लिला प्रसाद आझाले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top