होमपेज / अर्थ
इन्द्र बुढाथोकी कार्तिक ६ सल्यान । सल्यान उधोग बाणिज्य संघ सल्यानले आफ्ना मृत्यु भएका सदस्यहरुलाइ राहत वितरण गरेको छ । कोरोना बाट मृत्यु भएका बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारका व्यापारीहरुलाइ क्रिया खर्च बापत राहत वितरण गरेको हो । कोरोनाका कारण सल्लीबजारका प्रतिष्ठित व्यापारी शैलेन्द्रदास श्रेष्ठ र हिरालाल गौतमको बैशाखमा मृत्यु भएको थियो । मृत्यु भएका हिरालाल गौतमको श्रीमती पदमा गौतम, शैलेन्द्र दास श्रेष्ठको श्रीमती पवित्रा श्रेष्ठ कोभिडका कारण आफ्नो व्यापारी सदस्यको मृत्यु भए पछि उहाको आफ्न्त तथा श्रीमती हरुलाइ क्रुया खर्च स्वरुप २५ हजार राहत बितरण गरिएको छ । कोभिडका कारण समयमा राहत उपलब्ध गराउन सकेनौं सबैलाई बाणिज्य संघमा जोडेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं अध्यक्ष कुमार बुढाथोकीले बताउनु भएको छ । ढिलै भए पनि केही सानो सहयोग गरेकोमा धन्यवाद दिनु भएको सबैलाई व्यापार दर्ता गरेर नविकरण गर्नु पर्नेमा सबैले ध्यान दिनु पर्ने बताए । यो सङ्गै उद्योग बाणिज्य संघ सल्यानले अहिले सम्म २५ हजारको दरले १८ जना व्यापारीहरुलाइ राहत हस्तान्तरण गरिएको उपाध्यक्ष भरत बस्नेतले जानकारी दिनु भएको छ ।





.jpg)