होमपेज / अर्थ
फागुन २८, सल्यान
सल्यानमा आएको हावाहुरीले बी एण्ड बी एकिकृत नमुना कृषि फर्ममा पुर्ण रुपमा क्षति पु¥याएको छ । जिल्लाको कुमाख गाउँपालिका ४ घाटाचौरमा रहेको एकिकृत नमुना कृषि फर्ममा हावाहुरीले करिव ४ लाख ४० हजार रुपैया वरावरको क्षति पु¥याएको हो ।
गत फागुन २३ गते आएको हावाहुरीले ११ वटा टनेल उडाउनुका साथै टनेलका फलाम भाँचिएको फर्म संचालक घुर्क वुढाथोकीले जानकारी दिए । हावाहुरीले टनेल भित्ररहेका तरकारी र तरकारीका वोट विरुवाहरुमा समेत क्षति पु¥याएको उनको भनाई छ ।
हुरीसंगै आएको पानीले टनेल भित्ररहेका टमाटर, भान्टा, बोरी, सिमी, प्याज, काउली ,आलु, मकै लागयतका विरुवाहरुमा समेत क्षति पु¥याएको छ ।
२०७५ सालमा रु २० लाखको लगानीमा सुरु गरीएको एकिकृत कृषि नमुना फर्म वाट सल्यान रुकुम तथा जाजरकोट जिल्लामा तरकारी र तरकारीका विरुवाहरु विक्रि वितरण हुदै आईरहेको थियो ।
मौसमी तथा वेमौसमी तरकारी वाली र विरुवा उत्पादन गर्दै आईरहेको फर्ममा हावाहुरीले क्षती पु¥याएको बुढाथोकीले बताए ।
तरकारीवाली र विरुवा उत्पादन गरी कृषिमा आत्म निर्भर हुने ध्ययका साथ रुकुम चौरजहारी नगरपालिका वडा नम्वर १ घरभै सल्यानमा जग्गा लिजमा लिएर फर्म संचालन गर्दै आएको वुढाथोकीले वताए ।





.jpg)