होमपेज / अर्थ
प्रकाश शर्मा भदौ ६,सल्यान
दार्मा गाउँपालिकाको भल्चौरमा दूध डेरी सञ्चालनमा आएको छ । भल्चौर साना किसान सहकारी संस्थाले आइतबार दार्मा गाउँपालिका ४ रातामाटामा सञ्चालनमा ल्याएको हो ।
कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै भीम प्रकाश शर्माले आर्थिक समृद्धिको मुख्य आधारनै कृषि पेसा भएको बताएका छन् । कर्णाली सरकारले पनि कृषिलाई प्रोत्साहन गर्न कृषि अनुदान, कृषकलाई सुनको हलो लगायतका कार्यक्रम अघि बढाएको बताए ।
कार्यक्रममा बोल्दै शर्माले कृषि उत्पादनलाई जोड दिएकाले प्रदेस सरकारले पुर्बाधार निमार्णलाई पनि साथै अघि बढाएको बताए । मौलोहाले फारुला सडकमा रु ३ लाख बिनियोजित गरिएको बताउँदै शर्माले सडकमात्र निमार्ण गर्ने भन्दा पनि उत्पादनलाई जोड दिनु पर्ने बताए । सडकमा गुडने गाडीमा दूध तरकारी, फलफूल तथा कृषि जन्य बस्तु उत्पादनमा शहरमा पठाउनु पर्ने उनको भनाई छ ।
आसा परियोजनाको रु ७ लाख लगानीमा डेरि संचालन गरिएको छ । डेरी सञ्चालनमा आए पछि दार्मा ४ का किसान ,साना किसान महिला सहकारीमा रहेमा ११ सय कृषकहरुले सहज तरिकाले दूध उत्पादन र बिक्रीवितरण गर्ना पाउने सहकारीका प्रबन्धक हेमन्त ओलीले जानकाररी दिए ।
कार्यक्रममा दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसि ,उपाध्यक्ष टीका शर्मा, ३ नम्बर वडध्यक्ष सेतिराम रोकाहा ,४ चन्द्र बहादुर रावत, लगायतको उपस्थिति रहेको थियो ।





.jpg)