ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको बनगाड कुपिण्डे नगरपालिकद्धारा लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व सङ्कलन

  इन्द्र बुढाथोकी २०७८ श्रावण १९ गते मंगलबार १७:२३:४४ मा प्रकाशित

इन्द्र बुढाथोकी  साउन १९ सल्यान ।
 सल्यानको बनगाड  कुपिण्डे नगरपालिकाले २०७७/०७८ को आन्तरिक राजस्व  लक्ष्य भन्दा २० प्रतिशत बढी सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ४५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिका असार मसान्तसम्म ५३ लाख, ८२ हजार, ५ सय ८५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

 जसको लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व सङकलन भएको छ ।  नगरपालिकामाङ्गा, बालुवा, गुट्टी, घर कर , घरबहाल कर, भुमी कर, व्यवसाय सिफारिस दस्तुर, नक्सा प्रमाणीत, लगाएत अन्य विभिन्न प्रकारका कर बाट उक्त राजस्व सङ्कलन भएको राजस्व परामर्श  समिति सयोजक तथा नगर उप प्रमुख मन्जु यरिले बताइन।  उनले भनिन विगतका आर्थिक वर्ष  भन्दा गत वर्ष अलि बढी राजस्व सङ्कलन भएको छ अझै बढाउने सोचमा छौ ।

गत वर्षमा नगरपालिका विभिन्न कामबाट १५ लाख ७५ हजार ४ सय ४२ रुपैयाँ, त्यसैगरी खोला तथा नदिजन्यबाट ७ लाख ६५ हजार, कुपिण्डे दहको राजस्व ३ लाख ३५ हजार ३ सय ५० रुपैया,  वडा नम्बर १ को कार्यालयबाट  ६ लाख ८७ हजार १० रुपैया, वडा नम्बर २ को कार्यालयबाट १ लाख ९० हजार ५ सय ७७ रुपैया , वडा नम्बर ३ को कार्यालयबाट २ लाख ३ हजार ७ सय ६ रुपैया, वडा नम्बर  ४ को कार्यालयबाट  १ लाख १९ हजार ५ सय ९५ रुपैया, वडा नम्बर ५ को कार्यालयबाट  २ लाख ९ हजार ३ सय २७ रुपैया, वडा नम्बर ६ को कार्यालयबाट २ लाख ७७ हजार ९ सय ५२ रुपैया राजस्व संकलन एको छ । 

यस्तै वडा नम्बर ७ को कार्यालयबाट २ लाख ६ हजार २ सय २३ रुपैया, वडा नम्बर ८ को कार्यालयबाट २ लाख २८ हजार ८ सय ३१ रुपैया, वडा नम्बर  ९ को कार्यालयबाट २ लाख २७ हजार ८ सय ८१ रुपैया, वडा नम्बर  १० को कार्यालयबाट ९७ हजार ९ सय ११ रुपैया, वडा नम्बर ११ को कार्यालयबाट १ करोड ९७ हजार ८ सय ७५ रुपैया र वडा नम्बर १२ को कार्यालयबाट ५९ हजार ९ सय५ रुपैया सहित जम्मा  ५३ लाख ८२ हजार ५ सय ८५ रुपैया राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख भुपाल खड्काले जानकारी दिए । उनका अनुसार नगरपालिका स्थापना भए देखि सबै भन्दा बढी राजस्व यो वर्ष उठेको छ ।  ।

चालु  वर्षमा नगरपालिका पुनः राजस्व सङ्कलनमा समस्या हुने देखिएको छ ।  अहिले सम्म नगरसभा नहुँदा खोला तथा नदिहरुमा ढुङ्गा बालुवा निकासी टेण्डर समेत नभएकोले राजस्व संकलनमा समस्या आउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top