होमपेज / अर्थ
प्रकाश शर्मा साउन १,सल्यान
दार्मा गाउँपालिकामा गत आर्थिक वर्ष २०७७ ०७८ मा ८१ दशमलव ४८ प्रतिशत खर्च भएको छ । कुल वार्षिक बजेट ५० करोड ३५ लाख ४१ हजार ४ सय ४ स्वीकृत बजेट मध्ये ८१.४८प्रतिशत अर्थात र ४१,०२,९६,७२९.८६ खर्च भएको दार्मा गाउँपालिकाले जनाएको छ ।
चालु खर्चमा २४,७८,११,४०४ को ८७. ६ प्रतिशत अर्थात रु २१,७७,१५,९२४. १७ पुजिंगत २५,५७,३०,०००.०० मध्ये ७५ प्रतिशत अर्थात रु १९,२५,८०,८०५.६९ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए ।
खर्च रकम कम देखिनुमा राजस्व बाँडफाँडको आम्दानी प्रक्षेपण गरेभन्दा १ करोड १६लाख कम आउनु, आन्तरिक श्रोतबाट राजस्व कम हुनुको साथै बोलपत्र र शिलबन्दी आह्वान गरि खरिद प्रक्रियामा जाँदा नियमानुसार बच्ने तर खर्च सजिलै गर्न नमिल्ने जस्ता कारणले १८ं ५२ प्रतिशत कम हुन गएको छ
। टिम वर्क हार्डवर्क र नेटवर्कको परिणाम ८१ दशमलव ४८ प्रतिशत खर्च हुन सकेको उनको भनाई छ । आगामी दिनमा अझ सुदृढीकरण र प्रस्कृत हुँदै सिकाई र भोगाइबाट सिर्जित अनुभवले कार्यसम्पादन उत्कृष्ट हुने कुरामा आफूँ विश्वस्त रहेको खड्काले बताए । ।





.jpg)