ट्रेण्डिङ

होमपेज / अर्थ

बौद्ध ग्रामीणद्धारा मृत्तक परिवारलाई २ लाख राहत

  इन्द्र बुढाथोकी २०७८ असार २८ गते सोमबार २१:०५:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी  असार २८ सल्यान ।

बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था राकम शाखाले शेयर सदस्य तथा समुह सदस्यका मृतक परिवारलाई २ लाख राहत स्वरुप हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार पुन र राकम शाखा प्रमुख दिल बहादुर घर्तीमगरले सयुक्त रुपमा पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन ।  बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी सदस्य शालीग्राम श्रेष्ठ र शैलेन्द्र दास श्रेष्ठको मृत्यु भएको थियो ।  शालीग्राम श्रेष्ठको कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती निता श्रेष्ठलाई १ लाखको चेक र शैलेन्द्र दास श्रेष्ठ कोरोनाका कारण मृत्यु भएकोले उनको श्रीमती पबित्रा भडेल श्रेष्ठलाई १ लाखको चेक हस्तान्तरण गरिएको छ । सहकारी सदस्यहरुको मृत्यु भएकोले उनको परिवारलाई राहत स्वरुप २ लाखको चेक हस्तान्तरण गरिएको सहकारीले जनाएको छ  ।

उक्त चेक हस्तान्तरण बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले आपत बिपत्तिमा परेको व्यक्तिलाई संघ सस्थाहरुले सहयोग गरेकोमा धन्यवाद दिदै उनले सबै वितिय सस्थाहरुले यसरी नै उदाहरणीय काम गर्नु पर्ने बताए  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top