होमपेज / अर्थ
इन्द्र बुढाथोकी असार २५ सल्यान ।
महिला सहयात्रा लघु वित वित्तिय सस्था अम्रा शाखाले कर्जा विमा मार्फतको ऋण मिनाहा गरेको छ । समुहमा बसेका ऋणिहरुका संरक्षकहरुको मृत्यु भएमा व्यक्तिको कर्जा बिमा मार्फत ऋण मिनाहा गरिएको शाखा प्रमुख डिल्लीराज बुढाथोकीले बताए ।
शुक्रवार एक कार्यक्रम बीच बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन र शाखा प्रमुख बुढाथोकीले सयुक्त रुपमा समुहका सदस्यका श्रीमान तथा संरक्षकहरुको मृत्यु भएका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको छ । केन्द्र न ८ का सदस्य पबित्रा भडेल श्रेष्ठका श्रीमान शैलेन्द्र दास श्रेष्ठ कोरोना कारण मृत्यु भएको थियो । उनकाको ३ लाख रकम मिनाहा भएको छ । कर्जा विमा मार्फत ऋण मिनाहा गर्नुको साथै किस्ता बापतको जम्मा गरिएको ४५ हजार ५ सय रुपैया फिर्ता गरिएको छ । त्यस्तै केन्द्र न २ का सदस्य निता श्रेष्ठ श्रीमान शालीग्राम श्रेष्ठको कालगतिले मृत्यु भएको र उनको ३ लाख ऋण कर्जा बिमा मार्फत मिनाहा भएको छ भने किस्ता बापत जम्मा गरेको १ लाख ७८ हजार रुपैया समेत फिर्ता दिएको छ । केन्द्र न ३३ को पुर्णकला बुढाको श्रीमान डिल्ली बुढाको कोरोनाका कारण मृत्यु भएको हुँदा उनको २० हजार रकम कर्जा बिमा मार्फत मिनाहा भएको छ । उनको किस्ता बापतको ५ हजार रुपैया रकम समेत फिर्ता गरिएको छ ।
ऋण लिए बापतको गरेको बिमाले उक्त रकम मिनाहा गरेकोले आफुहरुलाई असाध्य खुसी लागेको पवित्रा भडेलले बताइन । थोरै भए पनि राहत महशुल भएको उनको भनाई छ । कोरोनाका कारण श्रीमानको अकालमा मृत्यु भयो त्यसमा थोरै भएपनी उपचार गर्नेको लागि ल्याएको ऋण बिमा मार्फत मिनाहा भएको र किस्ता तिरेको रकम समेत फिर्ता पाएकोमा सस्था प्रती धेरै खुसी भएको निता श्रेष्ठको भनाई छ । उनले श्रीमानको उपचारको लागि धेरै ठाउँमा गए पनि बिरामी छ भन्दै ऋण नदिएको तर महिला सहयात्राले दिएका कारण थोरै भए पनि दुखमा सारथि बनेको उनको भनाइ रहेको छ ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले दुखमा परेकोलाई थोरै भए पनि सहयोग गरेकोमा धन्यवाद दिए । अन्य सस्थाले ऋणिको मृत्यु हुँदा मात्र मिनाहा गरेको सुनेको तर यस सस्थाले संरक्षकको समेत मृत्यु हुँदा समेत बिमा मार्फत ऋण मिनाहा गर्दो रहेछ । यो राम्रो पक्ष भएको समेत उनले बताए । नगर प्रमुख पुनले विभिन्न ठाउँमा वित्तिय सस्थाको नराम्रो काम गर्दै गएको भए पनि केही सस्थाको राम्रो निति नियम समेत भएको बताए ।
सस्थाका शाखा प्रमुख डिल्लीराज बुढाथोकीले आफ्नो सस्थाले यस्ता थुप्रै कामहरु गर्दै आएको बताए । नीति नियम बुझेर गएमा राम्रो हुने तर सस्थाले अनावश्यक हल्लाको पछि नलाग्न समेत अनुरोध गरे । उनले भने महिला सहयात्राले दुःखमा परेकोलाइ सधै सहयोग गरेर जाने कर्जा बिमा मार्फत ऋण मिनाहा गर्दै गएको समेत बताए ।





.jpg)