ट्रेण्डिङ

होमपेज / अर्थ

अनुदानमा बाख्रा वितरण ,व्यवसायिक कृषक बनेर अघि बढ्न उपमेयर यरीको आग्रह

  इन्द्र बुढाथोकी २०७८ असार १९ गते शनिबार ०८:५९:४८ मा प्रकाशित

इन्द्र बुढाथोकी ,असार १९
 सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा अनुदानमा बाख्रा वितरण गरिएको छ ।

 लागत साजेदारी बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत जनकल्याण बाख्रा पालन समुह बनगाड कुपिण्डे नगरपालिका ६ मा वितरण गरिएको हो  । २ लाखको अनुदानमा १०  किसानलाई १० वटा बाख्रा वितरण गरिएको छ । किसानलाई प्रबर्द्धन गर्ने उदेश्यले समुहलाई  बाख्रा वितरण गरिएको उप प्रमुख मन्जु यरिले बताइन ।

आयआर्जन गरेर व्यवसायिक तरिकाले बाख्रा पालन गर्न समेत आग्रह गरिन।   कृषिमा आत्मनिर्भर हुने तिर ध्यान दिन आग्रह गर्दै उपमेयर यरीले कृषि र पशुपालनका माध्यमबाट मात्र सफल व्यवसायी र कृषक बन्न सकिने बताइन ।  थोरै भए पनि अनुदान दिएको यसलाई अब व्यवसायी तरिकाले बाख्रा पालन समुह लाग्न उनले आग्रह गरिन । राम्रो बाख्रा ल्याएको र यसलाई थप प्रगति गर्दै जानू होला आउदा दिनहरु व्यवसायीलाई राम्रो थप अनुदान समेत दिने नगर यरिले बताउनु भएको छ ।

 बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष पुरुशोतम आचार्य, पशु सेवा शाखा प्रमुख बिनाराम बुढाथोकी, कृषि शाखा प्रमुख टीका जैसी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top