होमपेज / अर्थ
प्रकाश शर्मा असार १०,सल्यान
दार्मा गाउँपालिका सल्यानले ३९करोड ७०लाख ४० हजार रकम विनियोजन गरेको छ । बिहीबार नवौं गाउँसभामा ३९ करोड बढीको बजेट वियोजित गरिएको हो ।दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्माद्धारा प्रस्तुत बजेटमा स्वास्थ्य, उत्पादन र रोजगारलाई प्राथमिकतामा राखिएको छ ।
पशु पालनमा ३४ लाख ,कृषि मा ४५ लाख , खेलकुदमा ६ लाख , प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा ६ करोड ८६ लाख २६ हजार , उद्यम बिकास प्रबर्द्धन तर्फ ३१ लाख , गाउपालिका प्रशासन भबन निर्माणका लागि ७ करोड १० लाख , सडकमा ४ करोड १४ लाख , महिला, दलित ,बालबालिकामा १० लाख, छोरि सुरक्षा कार्यक्रममा १७ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै १५ शैय्या हस्पिटल निमार्णका लागि १८ करोड, स्वास्थ्यमा३ करोड २६ लाख रकम विनियोजित गरियको छ ।





.jpg)