होमपेज / अर्थ
प्रकाश शर्मा असार ८,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले स्वास्थ्य र उत्पादनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को नीतिा तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार गाउँपालिकाको नवौं गाउँसभामामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाले रोकौं महामारी, उठाऔं पूर्वाधार : बढाऔं उत्पादन, बनौं स्वरोजगार भन्ने मुल नारा तय गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सुनिश्चित आधारभूत स्वास्थ्य सेवाः स्वस्थ जीवन र दीर्घायुमा टेवा भन्ने नारा अवलम्बन गरी स्वास्थ्य क्षेत्रको सबलीकरण गर्न पालिकाले आधारभूत स्वास्थ्य सेवा र खोप सेवाको सुनिश्चित गरिने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, र्दीघ रोगीलाई उपचार तथा नियमित औषधी सेवनको व्यवस्था मिलाइने प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा जनयुद्धका शहिद र वेपत्ताका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गर्ने, जनयुद्धका सहिद र वेपत्ताका आमा, बुवा, श्रीमान श्रीमती र छोराछोरीको हकाधिकार हुने गरी प्रति परिवार मासिक रुपमा एक हजारका दरले शहिद परिवारलाई सामाजिक सुरक्षाा भत्ता प्रदान गरिने उल्लेख गरिएको छ ।
उत्पादन मार्फत स्वरोजगार र्सिजना र उद्यम विकासका लागि सहकारी संस्था, कृषक समूह, युवा समूह नीजि फर्म मार्फत कृषिजन्य उत्पादन र कृषिजन्य लघु उद्यम सञ्चालनका लागि कानुन बनाई विशेष अनुदान दिइने, कृषिमा चख्लाबन्दी गर्न प्रोत्साहन गर्दै समूह र सहकारी खेतीमा आधारित बजारमुखी उत्पादन गर्न प्रोत्साहन गर्ने, गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरिने र पुशमा नश्ल सुधारका लागि कृत्रिम र प्राकृतिक गर्भाधारणलाई व्यवस्थित र नतिजामुखी बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै बारीका पाटा र खेतका गराः बनाऔं सबै र सधै हराभरा भन्ने नारासहित कृषकलाई सदाबहार कृषिजन्य उत्पादनमा प्रोत्साहन गरी बाँझो जग्गा राख्ने कार्यलाई निरुत्साहित गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले आगामी आर्थिक वर्षको बजेट सिमा ३८ करोडको हुने बताए





.jpg)