ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिकामा उनी सल बुनाई सम्बन्धी ४८० घण्टे आधारभूत प्राविधिक सीप विकास तालिम सम्पन्न

  प्रकाश शर्मा २०७८ जेठ २३ गते आइतबार १९:३४:०८ मा प्रकाशित

प्रकाश शर्मा जेठ २३,सल्यान 
दार्मा गाउँमा उनी सल बुनाई सम्बन्धी ४८० घण्टे आधारभुत प्राविधिक सीप विकास तालिम आइतबार सम्पन्न भएको छ । दार्मा गाउँपालिकाको वडा न ६ मा २०७७ चेत ६ गतेबाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । 

सिलाइ बनाइ होजेयारी  तालिममा वडानं ६ का २१ जना महिलाहरुले तालिममा सहभागिता जनाएका थिए ।  समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले  तालिम समापन पश्चात् तालिम सिकेका ब्यक्तिहरुले सामुहिक होस वा व्यत्तिगत कुनैन कुनै रुपमा उद्यमि बन्नु पर्ने बताए । उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई  गाउँपालिकाले बजारिकरण , प्रविधि ,तथा भौतिक निर्माणमा सहयात्री भयर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top