होमपेज / अर्थ
इन्द्र बुढाथोकी मंसिर २८
सल्यान वनगाड कुपिण्डे नगरपालिकामा रहेको महिला सहयात्रा लघुवित वितिय सस्थाले आज तेस्रो वार्षिकोत्सब तथा केन्द्र प्रमुखहरूको गोष्ठी सल्लीबजारमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का वडा अध्यक्ष शान्त कुमार यरीले वित्तिय सस्थाहरु लाग्ने सबैलाई सस्थाको नीति नियम अनुसार लागेमा फाइदा हुने र ऋण लिएर जथाभावी प्रयोग गरेमा समस्या हुने बताए । सस्थाबाट लिएको कर्जाले उत्पादन तथा व्यापार क्षेत्रमा लगाएमा सबैको हित हुने उनको भनाई छ । अहिले अधिकास मान्छेहरू ऋण लिएर भाग्ने गरेको र त्यसो गरे सस्था पनि समस्यामा हुने र व्यक्ति पनि समस्यामा हुने भएकोले यसबाट सबै बच्नु पर्ने अध्यक्ष यरीको भनाई छ ।
सहयात्रा सस्थाकी केन्द्रिय कार्यकारी निर्देशक डाक्टर सुमित्रा मानन्धर गरुङ्गले ३४ शाखा, २ सय जना कर्मचारी, ३५ हजार सदस्य र २२ हजारले ऋण लगेको बताइन् । आफ्नो सस्थाले स्थानीय सरकार सङ्ग समन्वय गरेर काम गर्ने गरेको गुरुङको भनाई छ ।
बितिय संस्थाले स्वस्थ व्यापार तथा समस्या समाधान गर्न तिर लागेको र कोरोनाको समयमा पनि सदस्यहरुको समस्या पहिचान गरेर समाधान गरेको बताइन । ग्रामीण तथा विकट क्षेत्रमा रहेका जिबिको पार्जन गर्नको लागि काम गरिरहेको बैक नभएकोलाइ घरमा टोलमा गएर बैकको सुबिधा दिएको निर्देशक गुरुङले दावी छ ।
सल्लीबजार शाखाले अहिले धनिया, लसुन,मेथी, टिम्मुर, बेसार, तोरी, राजमा,मास,केराउ, भटमास, मसुरो,मकै,गहुँ, जौ केरा,आँप कागती बदाम बन्दा काक्रो केराउ फर्सी आलु मुला मकैको च्याक्ज्ला सिस्नोपाउडर गहुँको पिठो लगाएत क्षेत्रमा लगानी लगाएको सस्थाका सल्लीबजार शाखा प्रमुख डिलाराम बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार ७ करोड २८ लाख ऋण लगानी गरेको र १ करोड ९४ लाख बचत रहेको उनको भनाई छ । १ हजार ५ सय ७९ जना सदस्य सङ्ख्या रहेकोमा १ हजार १ सय ३८ जनाले ऋण लगेको शाखा प्रमुख बुढाथोकीले बताए । सल्लीबजार अम्रा शाखाले अहिले सुर्खेतको सिम्तागाउँपालिका , सल्यान बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।





.jpg)