होमपेज / अर्थ
प्रकाश शर्मा कात्तिक ६, सल्यान
दार्मा गाउपालिका दुधमा आत्मनिर्भर बन्दै गएको छ ।
दार्मा को वडा नं १,५,६, दुग्धको पकेट क्षेत्र मानिएको गाउँपालिकामा सबै दुध संकलन केन्द्रमा दैनिक १७०० लिटर दुध संकलन गरेर बागचौर श्रीनगर र प्रदेश राजधानी सुर्खेत पठाउने गरेको दार्मा पशु सेवा शाखा प्रमुख हस्ताराम खड्काले बताए ।
ढाकाडाम साना किसान सहकारीबाट दैनिक १००० लिटर ,जलेखर्क दुग्ध उत्पादन तथा प्रसोधन केन्द्रमा ४०० लिटर , पौडेल डेरि उद्योग ५ ले १५० लिटर ,र बाघखोर दुग्ध सहकारी संस्था दार्मा ५ ले १७० लिटर खरिद तथा बिक्री गर्ने गरेको प्रमुख खड्काले बताए ।
गत आ.व.मा मात्र दुग्ध विकासमा जोड गर्नेगरि प्रदेस सरकारबाट १ करोड अनुदान दार्मामा लगानी गरिएको थियो अनुदान रकम भकारो सुधार ,भैसी खरिद , प्रसोधन गर्ना आवश्यक सामानमा खर्च गरिएको खड्काले भनाई छ ।
दार्मा दुधमा आत्मर्भर गराइ गाउँपालिका पहिचान गराउन नस्ल सुधार, भकारो सुधार पकेट क्षेत्र बिस्तार , विद्युत र सडक संग जोड्ने योजना अगाडि सारेको दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसि ले बताए।





.jpg)