ट्रेण्डिङ

होमपेज / अर्थ

चाडपर्व नजिकिदै जाँदा दार्मा गाउँपालिकामा बजार अनुगमन

  प्रकाश शर्मा २०७७ आश्विन २९ गते बिहीबार १२:४२:०४ मा प्रकाशित

प्रकाश शर्मा असोज २९,सल्यान                               
 चाडपर्व नजिकिदै जाँदा जिल्लाको दार्मा गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । 

दार्मा गाउपालिका खाद्य सुरक्षा तथा उपभोक्ता  हकहित संरक्षण समिति संयोजक टिका शर्माको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।असोज २५ देखि २९ गते सम्म गरिएको अनुगमनमा बजारमा म्याद नाघेका अखाद्य  बस्तु, पसल दर्ता नविकरण ,नापतौल , मुल्यसुचि, साइनबोर्ड ,विल दिने नदिने जसता विषयमा अनुगमन   गरिएको थियो ।

अनुगमनको क्रममा धेरै  पसलहरु दर्ता  नविकरण, नगरि संचालन गरिएको ,मूल्यसुचि नभएको साइनबोर्ड  नभएको , विल उपलब्ध नगराइ व्यावसाय   संचालनमा ल्याएको भेटिएको संयोजक शर्माले बताइन ।

 शर्माले अनुगमनका क्रममा  दार्मामा सबै व्यवसायीहरुले एक महिना भित्रमा प्रकृया पुरा गर्र्न निर्देशन दिएकी छन् । यदि तोकिएको समयमा  प्रकृया पुरा नगरी व्यवसाय संचालन गरे कानुन बमोजिम कार्बाही गरिने उनको भनाई छ ।

 दर्माली जनताले प्रयोग गर्ने खाद्य बस्तु ताजा , स्वक्ष र सफा हुनुपर्ने भन्दै उपभोक्हिक्ता हकहित निम्ति  आफ्नो तर्फबाट कुनै कसुर नरहने गरि काम गर्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top