होमपेज / अर्थ
इन्द्र बुढाथोकी २७ भदौ ।
सल्यानका २९ वर्षका एक युवाले बिद्युतिय घट्ट निमार्ण गरेका छन । स्थानीय स्रोत साधनको प्रयोगबाट घट्ट बनाएर उनले रुकुम र सल्यानमा विद्युतिय घट्ट सञ्चालन गरेका छन् ।
विद्युतिय घट्टको ७० हजार रुपैयाँसम्म विक्री हुने गरेको उनको भनाई छ । लोकल उत्पादनबाट निर्माण हुने घट्ट जातोको रुपमा ढुङ्गा प्रयोग गरिएको हुन्छ । अन्य फलाम प्रयोग हुने भए पनि पोठो पिस्नको लागि ढुङ्गाको प्रयोग गरिएको हुन्छ ।
सल्यान त्रिवेणी गाउँपालिका ३ दाङचुली घर भएका उनले विगत पाँच वर्ष सल्लीबजारमा उद्योग गर्दै आएका छन । उनले आफ्नै सिपबाट घरका दाजुभाइलाई रुकुम चौरजहारी र सल्यान श्रीनगरमा समेत उद्योग सन्चालन गरेको उनको भनाई छ ।
अधिकाशं पहाडका ठाउँमा पानी नपाइने भएकाले विद्युतिय घट्ट निमार्ण गरेको उनले बताए ।
अहिले उनले सल्लीबजारमा कालिका इन्जिनियर उद्योग बनाएर सन्चालनमा ल्याएका छन । उनले दैनिक बिधुतिय घट्ट बनाउने देखि अन्य मेसिनसम्बन्धि काम गर्ने गरेका छन । उनले एक जना युवालाई रोजगारी समेत दिएका छन ।
यो नेपालमै पहिलो भएको उनले बताएका छन । विद्युतिय घट्ट पहिला अफ्नै घरमा सफल परिक्षण पछि अनेत्र दिन सुरु गरेको उनले बताएका छन । विद्युतिय घट्ट सङ्गै पानी घट्ट बनाएर पनि बिक्री गर्ने गरेका छन ।
पिठो पिस्नेको घुइचो
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरे डाङ्गीमोडका २७ वर्षका राम बहादुर यरिले बिधुतिय घट्ट बाट राम्रो आम्दानी गरेका छन । साउन देखि सन्चालनमा आएको घट्टमा अहिले पिठो पिस्नेको घुइँचो हुने गर्दछ ।
प्रती घण्टा घट्टले कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथी पिस्ने गरेको उनले बताएका छन । बिधुतिय घट्टले पिसे बापत प्रती पाथी कोदो १५ रुपैया, गहुँ २० रुपैया र मकै २५ रुपैया भाडा लिने गरेको यरिले बताएका छन ।
पानी घट्टको लागि टाढा टाढा जानू पर्ने र २३ दिन बास बसेर पिसेर आउने पर्ने बाध्यता हटेको ज्यामिरेकी दुजि बुढाथोकीले बताइन । उनले भनिन पहिलाको जमानामा धेरै दुख हुने गरेको र अहिले घर नजिकै घट्ट हुँदा धेरै सुख भएको छ ।
मिलको भन्दा राम्रो पनि घट्टको जस्तो मीठो पिठो हुने बुढाथोकीले बताइन । पहिला कसैले बिश्वास नगरेको र अहिले छिमेकी गाउघर बाट पिठो पिस्न आउनेको घुइँचो लाग्ने गरेको सन्चालक यरिले बताएका छन । उनले घरको आगनमा घट्ट बनाएर सन्चालनमा ल्याएका छन भने मासिक २० हजार सम्म कमाई हुने उनले बताएका छन भने मिलको भन्दा केही सस्तोमा समेत पिठो पिस्ने गरेको यरिले बताए ।





.jpg)