ट्रेण्डिङ

होमपेज / अर्थ

क्यान्सर पीडित निकिताको लागि भारतको अहमदावादबाट १ लाख ७० हजार सहयोग

  इन्द्र बुढाथोकी २०७७ भाद्र २ गते मंगलबार १६:३२:४९ मा प्रकाशित

इन्द्र बुढाथोकी २ भदौ , सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुरा निवासी  १६ वर्षीया  निकिता पुनको लागि भारतको अहमदाबाद बाट १ लाख ७० हजार सहयोग  भएको छ ।

ब्लड क्यान्सरबाट पीडित निकितालाई बचाँउनको लागि  एक लाख ७० हजार रुपैयाँ सहयोग गरेको नेपाली प्रबासी समुहका सचिव सन्तु बोहराले जानकारी दिए ।  सचिव बोहोराका अनुसार गरिब दुःखी असाहयको लागि केही प्रवासमा बसेका नेपालीहरुले सानो रकम उठाएर पनि क्यान्सर पीडित पुनलाइ सहयोग गरिएका् छ ।

कोरोनाका बिचमा पनि निकिताको लागि विभिन्न अभियान सन्चालन गरेको बिनोद बुढाले जानकारी दिएका छन । समुहले सहयोग गर्ने सबै प्रति धन्यवाद दिनुको साथै बिरामिको स्वास्थ्य लाभको कामना समेत गरेको छ । ४ महिना देखि विरामी भएकी निकिता पुन ब्लड क्यान्सर भएर  अहिले काठमाडौ सिभिल हस्पिटल उपचार भैरहेको छ । उनलाई बिरामी उपचार गर्नेको लागि २० लाख जति लाग्ने बताएको छ ।

 उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएको छ । उनका बुवा ठगे पुनले सबैमा सहयोग गर्न आग्रह गरेका छन भने सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top