होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान ३२ साउन
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का पीडित झुप बहादुर बुढालाई १ लाख ५ हजार ७५ रुपैँया आर्थिक सहयोग गरेको छ । प्रगतिशील युवा मंच पाटकेले पीडितको आमालाई घरमा गएर सहयोग हस्तान्तरण गरेको हो ।
एक वर्ष अगाडि घर नजिकैको भिरमा घाँस काटन जाँदा लडेरगम्भीर घाइते भएका बुढाको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको समाचार आए पछि उक्त अभियान सन्चालन गरेर र विभिन्न गाउँ टोलमा गएर पैसा उठाएर सहयोग गरिएको मंचका दिनेश बुढाथोकीले बताएका छन ।
बुढाथोकीले समाज रुपान्तरणका निम्ति युवाहरुको अबको पहलकदमी चेतना स्तर र शिक्षाको संम्बर्दनमा खर्चिन आबश्यक रहेको उनले भने गरिबीले थिलथिलो पारेको नेपालि समाजमा यस्ता अभियानले केही भएपनि राहत महसुस हुन सक्ने भएकोले आफुहरुले सानो भए पनि सहयोग गरेको उनले बताएका छन । आफ्नो अभियानलाई सहयोग गरेकोमा सबैलाई धन्यवाद समेत दिएका छन ।





.jpg)