होमपेज / अर्थ
इन्द्र बुढाथोकी,साउन २६, सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का ब्लड क्यान्सर १६ वर्षीया निकिता पुन र एक बर्ष अगाडि घाँस काटन जाँदा भिरबाट लडेर गम्भिर घाइते भएका १७ वर्षीया झुब बहादुर बुढालाई सहयोग जुट्ने क्रम बढी रहेको छ । दुवैलाई बचाउन अहिले नेपाल लगाएत विभिन्न देशमागएका नेपाली हरुले रकम पठाउने क्रम जारी राखेका छन ।
व्लड क्यान्सर पीडित बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मेल्टाकुराकी निकिता पुनको अहिले सम्म ९ लाख रुपैया खर्च भैरहेको छ भने उसको लागि अहिलेसम्म आफ्नो तर्फबाट ५ लाख र सहयोग उठाएको ४ लाख गरि जम्मा ९ लाख खर्च भएको छ । अझै धेरै रकम आवश्यक पर्ने पीडित निकिताका बुवा ठगे पुनले बताए । पुनको अहिले काठमाडौ उपचार भैरहेको छ ।
१५ देखि २० लाख सम्म लाग्ने डाक्टरहरुले बताएको बालिकाका बुवाले बताए। ४ महिना देखि विरामी भएकी निकिता पुन ब्लड क्यान्सर भएर अहिले काठमाडौ सिभिल हस्पिटल उपचार भैरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएकोले बुवा ठगे पुनले सबैमा सहयोग गर्न आग्रह गरेका थिए लक्ष्मी बैक सल्लीवजारमा रहेको खाता न ठगे पुन ०६९२०००४४६३ र आफनो सम्पर्क मोबाइल न ९८४९७६९८५० सहयोग गर्न अपिल गरेका छन् ।
त्यसै गरि बनगाड कुपिण्डे ३ पाटकेका झुप बहादुर बुढाको अहिले सल्यान अस्पतालमा उपचार भैरहेको छ । एक वर्ष अगाडि घर नजिकै जङ्गलमा घाँस काटन जाँदा भिर बाट लडेर गम्भीर घाइते भएका बुढाको तत्काल नेपालगन्जमा उपचार गर्दा ५ लाख रुपैयाँ खर्च भएको थियो । थप उपचारका लागि घरको आर्थिक अवस्था कमजोर हुँदा उनी विगत एक वर्ष देखि घरमै बस्दै आई रहेका थिए ।
अहिले विभिन्न माध्यम संचार माध्यम बाट समाचार प्रकाशित भए पछि युथ्स अफ सल्यान ग्रुपले मात्र २ लाख जति सहयोग उठाएको छ भने अन्य अभियान बाट १ लाख बढी सहयोग रकम उठेको छ । थप उपचारको लागि काठमाडौ लिने तयारी भई रहेको अभियानताहरुले बताएका छन । अहिले विभिन्न देशहरूमा गएका नेपालीहरुले सहयोग पठाउने क्रम जारी नै छ भने पीडित बुढाको शरीरमा भएका घाउहरु सन्चो हुँदै गैरहेका छन ।
उनको शरीरभरि घाउहरु भएको र मेरुदण्ड समेत भाचिएकोले आर्थिक धेरै लाग्ने उनले बताएका छन । सहयोगको लागि पीडित बुवा प्रमे बहादुर बुढा लक्ष्मी बैक सल्लीबजारमा रहेको खाता न 06920023554 सम्पर्क न 9868928188 आग्रह गरेका छन ।





.jpg)