होमपेज / अर्थ
इन्द्र बुढाथोकी १८ सल्यान
बनगाड कुपिण्डे नगरपालिका वडा न ३ पाटके निवासी अन्दाजी १७ वर्षीय झुप बहादुर बुढालाई युथ अफ ग्रुप सल्यानले आर्थिक सहयोग गरेको छ । लडेर घाइते बुढाको घरमा नै पुगेर ग्रुपले ७० हजार आर्थिक सहयोग गरेको हो ।
गत साउन १ गते घाँस काटन जाँदा भिरबाट लडेर घाइते भएका बुढा एक वर्ष देखि ओछ्यानमा रहेको विभिन्न समाचार माध्यममा समाचार आए पछि पीडितको घरमा नै गएर आर्थिक सहयोग गरेर सहयोग अभियान्ता अनिल भण्डारीले बताएका छन । एक वर्ष सम्म घरको आर्थिक अवस्था कमजोर हुदा उपचार गर्न लिन नसक्दा घरमा ओछ्यानमानै बसेका कारण शरीरभरि घाउहरु परेका छन ।
भिरबाट लडेका उनको ढाड, दायाँ हात भाँचिएको थियो भने अन्य थुप्रै ठाउमा चोटपटक लागेको थियो । तत्काल नेपालगन्ज उपचार गरेर घर फर्किएका बुढा अहिले सम्म सन्चो भएको छैन । ढाडमा रड राखेको छ भित्रबाहिर गर्ने सक्ने अवस्था छैन अर्काको साहारामा बाहिर भित्र गर्नुको साथै शौचालय पनि अर्कोको सहयोगमा चाहिन्छ ।एक वर्ष सम्म ओछ्यानमा रहदा दुबै खुटामा ३र३ वटा घाउ परेर पाकेका छन भने पछाडिको भागमा पनि ठुलै घाउ परेर पाकेको छन । भने रड राखेको ठाउमा पनि घाउ पाकेको छ ।
बिरामी बुढाले भन्छ यी घाउ मात्र सन्चो गर्ने पाएको भए बन्चिथ्यो होला मेरो लागि कतै बाट पनि सहयोग भएन अब यसरी नै सबैले सहयोग गरे पछि पुरै सन्चो नभए पनि शरीरमा भएका घाउहरुमात्र सन्चो भएमा आफुलाइ राम्रो हुने उनले बताए । पीडितका बुवा प्रेमबहादुरले भने सहयोग गरेकोमा ध्यान अझै सहयोगको अपेक्षा गरेको र अब थप सहयोग उठाएर अस्पताल लग्ने तयारी गरेको उनले बताए ।





.jpg)