होमपेज / अर्थ
सञ्जीव शर्मा साउन ११, सल्यान
कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सल्यानको कुमाख गाउँपालिकाका शिक्षकले ४३ हजार बढी सहयोग गरेका छन् ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जनता माध्यमिक विद्यालय रागेचौरमा कार्यरत शिक्षक र कर्मचारीले ४३ हजार ६ सय ५३ रुपैया जम्मा गरेका हुन ।
कोरोना कोषमा स्थायी, राहत लगायतका सरकारी तलव खाने शिक्षकले तीन दिन बराबर र निजी शिक्षकले १ दिन बराबरको तलव कोषमा जम्मा गरेको शिक्षक नोख बहादुर गोसाईले बताए ।
कोरोना रोकथाममा प्रयास तथा अभियानमा रकम जम्मा गरेको उनको भनाई छ । कोभिड १९ का कारण आइपरेको समस्यामा राज्यले बनाएको नितिलाई स्वीकार गरी रकम संकलन गरेर गाउँपालिकालाई एकमुष्ट उपलब्ध गराइएको उनले बताए ।
गाउँपालिका अध्यक्ष दिलमाया बुढाले शिक्षकले कोरोना भाइरस नियन्त्रणका लागि अनवतर रुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गरिन ।





.jpg)