होमपेज / अर्थ
प्रकाश शर्मा साउन ९, सल्यान
दार्मा गाउँपालिकाले ३६५ जनाअति विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गर्ने भएको छ । कोरोना महामारिले संकटमा परेका अति विपन्न ३६५ जना परिवारलाइ दुइ तरिकाबाट राहत वितरण गर्ने भएको छ ।
पहिलो चरणमा सरकारी सेवाबाट बन्चित रहेको र श्रम गरेर उत्पादन गर्न नसक्ने २०० परिवारलाई २५ केजि चामल सहित को सेट बितरण गर्ने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । यस्तै दोस्रो चरणमा १६५ जना परिवारलाई गाउपालिकाले तोकिएको विकास निर्माणको काममा ५ दिन श्रम गरेबापत ५० केजि चामल सहितको सेट वितरण गर्ने केसीले बताए ।





.jpg)