होमपेज / अर्थ
इन्द्र बुढाथोकी साउन ७ सल्यान
बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७६र२०७७ को आन्तरिक राजस्व ३८ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य भन्दा कम राजस्व उठाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ को असार मसान्त सम्म ७८ प्रतिशत अथवा ३८ लाख ९६ हजार ७ सय ७९ रुपैया राजश्व संकलन गरेको राजश्व शाखा भुपाल खड्काले बताए । उनका अनुसार नगरपालिकाले लक्ष्य भन्दा २२ प्रतिशत कम राजश्व संकलन गरेको हो ।
नगरपालिका मुख्य राजस्व संकलन गर्ने भेरी नदि , बनगाड खोला, सङ्ग्रही खोला लगाएत स्थानीय खोला बाट ढुङ्गागिट्टी बालुवाको कर संकलनको लागि टेण्डर आह्वावान गर्दा समेत कुनै पनि फर्मले काम गर्न इच्छुक नभएको हुँदा राजस्व संकलनमा कमि आएको नगर राजस्व प्रामर्श समिति सयोजक तथा नगर उप प्रमुख मन्जु यरिले बताइन । सयोजक यरिले भनिन कुपिण्डे तालको र नगरपालिकामा रहेका भेरी नदि बनगाड खोला सङ्ग्रही खोला लगाएत स्थानीय खोलाको टेण्डर आह्वावान गर्दा समेत कुनै पनि फमले टेण्डर नहाल्दा लक्ष्य अनुसार राजस्व उठान नसकेको र अर्को देशमा भएको लकडाउनका कारण उठन सकेन ।
नगरपालिका कार्यालय बाट मात्रै १७ लाख ४७ हजार ६६ रुपैया संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत मोहन खड्काले बताए । जसमा १ न वडा कार्यालय बाट ४ लाख ७३ हजार ९ सय ३५ रुपैया , २ न वडा बाट ९० हजार ६ सय ४५ रुपैया , ३ न वडा बाट ९० हजार २ सय ४५ रुपैया, ४ न वडा कार्यालय बाट १ लाख २२ हजार ८ सय २२ रुपैयाँ, ५ न वडा कार्यालय बाट १ लाख ६० हजार ५ सय ३० रुपैया संकलन भएको छ ।
यस्तै ६ न वडा कार्यालय बाट १ लाख ८२ हजार २ सय २५ रुपैया, ७ न वडा बाट २ लाख २४ हजार ५ सय २२ रुपैयाँ, ८ न वडा कार्यालय बाट १ लाख ७९ हजार ७ सय ६३ रुपैया, ९ न वडा बाट १ लाख ६१ हजार ६ सय ९७ रुपैयाँ , १० न वडा बाट ६० हजार ६ सय ५९ रुपैयाँ , ११ न वडा बाट २ लाख ३८ हजार ७ सय ४२ रुपैया र १२ न वडा कार्यालय बाट १ लाख ६३ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
घर कर, घरबहाल कर, भुमी कर, व्यबसाय कर, सिफारिस दस्तुर, नक्सा प्रमाणीत दस्तुर, अन्य कर संकलन गरिको अधिकृत खड्काले बताए ।





.jpg)