ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाड कुपिण्डेमा ११७ छोरी “बैंक खाता छोरीको सुरक्षा जीवन भरीको” कार्यक्रममा सहभागी

  इन्द्र बुढाथोकी २०७७ श्रावण ५ गते सोमबार २०:३३:५३ मा प्रकाशित


इन्द्र बुढाथोकी 
कर्णाली प्रदेश सरकार अन्तर्गत “बैंक खाता छोरीको सुरक्षा जीवन भरीको” कार्यक्रमबाट बनगाड कुपिण्डे नगरपालिकामा  जम्मा ११७ जना छोरीहरु लावान्वित भएका छन्

 गत साउन १ गते देखि  असार मसान्त सम्म जन्मिएर बनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा जन्मदर्ता गराएका छोरीको खाता खोल्न निवेदन दिएका ११७ जना छोरीहरुको लक्ष्मी बैंक सल्लीबजार शाखामा खाता संचालन गरी रकम समेत जम्मा गरिएको छ ।

खाता संचालन भएका ११७ मध्य छोरीहरु सबैको  खातामा पैसा जम्मा गरिएको छ । ४ लाख ४४ हजार ४ सय पैसा खातामा जम्मा गरिएको र बाकी बजेट फिर्ता पठाएको महिला विकास निरीक्षक निरु शाहिले बताउनु भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा रु ६ लाख रुपैया पठाएको र उक्त रकम बाट  ४ लाख ४४ हजार ४ सय रकम छोरीको खातामा पैसा जम्मा गरेको र बाकी पैसा फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खडकाले बताउनु भएको छ । 

पहिलो महिना खाता संचालन गर्दा रु १००० जम्मा गरिएको र अन्य महिनाहरुमा प्रति महिना ५०० का दरले असार सम्मको रकम छोरीहरुको खातामा जम्मा गरिएको अधिकृत खड्काले बताउनु भयो । उहाका अनुसार देशमा लकडाउनका कारण सबै मानिसहरुले छोरीको खाता खोल्न नआएको उहाले बताउनु भएको छ   । 

बैंक खाता संचालन गर्ने छोरीहरु १ न वडामा १२ जना, २ न वडामा  १०, ३ न वडामा १५ जना, ४ न वडामा २ जना, ५ न वडामा ९ जना, ६ न वडामा ५ जना, ७ न वडामा ४ जना, ८ न वडामा १३ जना, ९ न वडामा ५ जना, १० न वडामा १४ जना, ११ न वडाम १५ जना र १२ न वडामा  १० जनाले गरि १ सय १७ जना छोरीहरुले खाता खेलेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top