होमपेज / अर्थ
प्रकाश शर्मा साउन ३, सल्यान
दार्मा गाउँ पालिकालेआर्थिक वर्ष २०७६/०७७बजेट ७८.९५प्रतिशत खर्च गरेको छ ।
बजेट ३५ करोड ८४ लाख ३४ हजार रकम रहेकोमा रु २८करोड १ लाख ४१ हजार ४ सय ४३ अर्थात ७८.९५ खर्च भएको दार्मा गाउँपालिकाले जनाएको छ ।
चालु तर्फ खर्च रु २० करोड ६ लाख ३८ हजार रहेको मा १७करोड ३२ लाख ४ हजार अर्थात ८६.३४ प्रतिसत खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत अमृत खड्काले बताए ।
यस्तै पुजिगत तर्फ जम्मा रु १५करोड ७७लाख ९६ हजार ११ करोड २५ लाख ५५ हजार अर्थात ७१ .३३ प्रतिशत खर्च भएको खड्काको भनाई छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण तिव्रतर रुपमा काम गर्न नसकिए पनि सन्तोषजनक खर्च गर्न सफल भएको उनको भनाई छ । विकास निमार्ण तथा अन्य काम गर्ने समयमा लकडाउन हुँदा सेचेजति काम गर्न नसकिएको उनको भनाई छ ।





.jpg)