होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान २ साउन
बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मेलटाकुरा निवासी ठगे पुनकी छोरी १६ वर्षकी निकिता पुनलाई साउदी अरव बाट ३७ हजार ७ सय १८ रुपैया आर्थिक सहयोग गरिएको छ ।
ब्लड क्यान्सर भएर उपचारमा आर्थिक समस्या भएको विभिन्न समाचार माध्यममा सुने पछि रोजगारको लागि साउदी अरब गएका विभिन्न जिल्लाका १५ जना नेपालीहरुले रकम उठाएर सहयोग गरेको सुर्खेत सिम्ता गाउँपालिका संकर पुनले बताएका छन ।
३ महिना देखि विरामी भएकी निकिता पुन ब्लड क्यान्सर भएर अहिले काठमाडौ शिभिल हस्पिटल उपचार भैरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएकोले बुवा ठगे पुनले सबैमा सहयोग गर्न आग्रह गरेका थिए । लकडाउनको समयमा एक्कासी छोरी विरामी भएर अहिले उपचार गर्ने खर्च छैन । छोरिलाइ बचाउन आर्थिक अभावले गर्दा गाह्रो भएको छ । अहिले सम्म विभिन्न ठाउँबाट गरि २ लाख सहयोग उठेको बुवा ठगे पुनले बताएका छन ।
निकिताको बुवाले पहिले उपचारको क्रममा सात लाख खर्च भइसकेको र फेरी फिजियो थेरापी, रेडियो थेरापी र क्युमो थेरापी लगायतको उपचारमा पन्ध्र लाख रुपैयाँ खर्च लाग्ने बताए। उनले सबै सम्पत्ती छोरीको उपचारमा खर्च भइसकेको भन्दै छोरीलाई बचाई दिन आग्रह गरे । उनले छोरीको उपचारका लागि सबैलाई सहयोगको अपिल पनि गरेका छन् ।
निकिता प्रभाकर मावी देवस्थलमा कक्षा १० मा अध्ययनरत थिइन त्यसकारण सबैमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछु भने सहयोग गर्न चाहाने जो सु कैले पनि आफ्नो लक्ष्मी बैक सल्लीवजारमा रहेको खाता न ठगे पुन ०६९२०००४४६३ र आफनो सम्पर्क मोबाइल न ९८४९७६९८५० सहयोग गर्न अपिल गर्नु भएको छ ।





.jpg)