ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाड कुपिण्डे नगरपालिकाद्धारा किसानलाई हाते ट्याक्टर वितरण

  इन्द्र बुढाथोकी २०७७ असार २६ गते शुक्रबार १५:३२:४३ मा प्रकाशित

इन्द्र बुढाथोकी असार २६, सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाई उन्नत प्रविधि अन्तर्रगत हाते ट्याक्टर वितरण गरेको छ ।

किसानहरूको ५० प्रतिशत अनुदानमा उनिहरूलाई १४ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
नगरपालिका विभिन्न  फर्म, कृषि सहकारी, कृषि समूह र किसानहरूलाई अनुदानमा ट्याक्टर उपलब्ध गराईएको नगर प्रमुख गोविन्द कुमार पुनले बताए । 

कृषि क्षेत्रको आधुनिक विकास, कृषि यान्त्रिकीकरण र किसानहरूलाई सहज र सरलीकरणका गर्नका लागि आधुनिक कृषि उपकरणहरूको महत्वपूर्ण भूमिका रहेको नगर कृषिशाखा प्रमुख टीका जैसिले बताइन ।प्रविधिको प्रयोगबाट किसानहरूको समयको बचत हुने र त्यो समयमा थप कृषि कर्म गर्दा उत्पादन बढ्ने विश्वास व्यक्त गरिन् । 

वितरण गरिएका मध्ये ९ वटा डिजेलबाट र ५ वटा पेट्रोलबाट चल्ने गरि जम्मा १४ वटा हाते ट्याक्टर रहेका छन् । वितरण कार्यक्रममा नगरप्रमुख गोविन्द पुन, उपप्रमुख मन्जु यरी र प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top