ट्रेण्डिङ

होमपेज / अर्थ

ब्लड क्यान्सर पीडित निकिता पुनलाई ३३ हजार सहयोग

  इन्द्र बुढाथोकी २०७७ असार १९ गते शुक्रबार १३:५७:३० मा प्रकाशित

इन्द्र बुढाथोकी असार १९, सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मेल्टाकुरा निवासी  १६ वर्षकि निकिता पुनलाई भारत बाट ३३ हजार ७ सय ८० रुपैया आर्थिक सहयोग भएको छ  ।

ब्लड क्यान्सर भएर उपचारमा आर्थिक समस्या भएको विभिन्न सञ्चार माध्यममा सुने पछि रोजगारको लागि भारत गएका ३३ जना नेपालीहरुले  रकम उठाएर सहयोग गरेको बिनोद बुढाले बताएका छन । २ महिना देखि विरामी भएकी निकिता पुनको अहिले काठमाडौ शिभिल हस्पिटल उपचार भैरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएकोले बुवा ठगे पुनले सबैमा सहयोग गर्न आग्रह गरेका थिए ।  लकडाउनको समयमा एक्कासि छोरी विरामी भएर अहिले उपचार गर्ने खर्छे छैन । छोरिलाइ बचाउन आर्थिक अभावले गर्दा गाह्रो भएको छ । 

निकिताको बुवाले पहिले उपचारको क्रममा पाँच लाख खर्च भइसकेको र फेरी फिजियो थेरापी, रेडियो थेरापी र क्युमो थेरापी लगायतको उपचारमा पाँच लाख रुपैयाँ खर्च लाग्ने बताए। उनले सबै सम्पत्ती छोरीको उपचारमा खर्च भइसकेको भन्दै छोरीलाई बचाई दिन आग्रह गरे । उनले छोरीको उपचारका लागि सबैलाई सहयोगको अपिल पनि गरेका छन् । 

निकिता प्रभाकर मावी देवस्थलमा कक्षा १० मा अध्ययनरत थिइन त्यसकारण सबैमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछु भने सहयोग गर्न चाहाने जो    सुकैले पनि आफ्नो लक्ष्मी बैक सल्लीवजारमा रहेको खाता न  ठगे पुन ०६९२०००४४६३ र आफनो सम्पर्क मोबाइल न ९८४९७६९८५० सहयोग गर्न अपिल गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top