होमपेज / अर्थ
सञ्जीव शर्मा असार १४, सल्यान
सल्यानको कुमाख गाउँपालिकाले आउदो आर्थिक वर्ष २०७७/०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको सातौं गाउँसभाले ४२ करोड ६८ लाख ४१ हजारको बजेट समेत सार्वजनिक गरेको छ ।
गाउँ सभाले आगामी आर्थिक वर्षका लागि कोरोना भाइरस नियन्त्रणलाई पहिलो प्राथमिकता दिएको छ । कोरोना भाइरसका कारण स्वदेशमा फर्किएका युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न कृषि, पशु, रोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष डिल्लीराज जैशीले कोरोना नियन्त्रण तर्फ २ करोड, शिक्षा तर्फ १ करोड, कृषि तर्फ १ करोड, स्वास्थ्य तर्फ १ करोड, पशु तर्फ ३० लाख, महिला विकास तर्फ १० लाख , खानेपानी तर्फ १ करोड विनियोजन गरिएको सार्वजनिक गरे ।
यस्तै सडक तर्फ २ करोड, सिँचाई तर्फ १ करोड ५० लाख, विद्युतमा १ करोड बजेट विनियोजन गरिएको छ ।





.jpg)