होमपेज / पर्यटन
असार २ २०७७ सल्यान
वन्दावन्दीका कारण सल्यानका धार्मिक तथा पर्यटकिय स्थलहरु सुनसान बनेका छन् ।
जिल्लाका दर्जन बढी धार्मिक तथा पर्यटयिक स्थलहरु कोरोना भाइरस संक्रमणको डरका कारण सुनसान बनेका हुन । जिल्लाका खैरवाङ भुवनेश्वरी मन्दिर, छायाक्षेत्र शक्तिपिठ, लक्ष्मीपुर मन्दिर, नेपाल सरकारले घोषणा गरेका देशका एक सय पर्यटकिय स्थल मध्येको कुपिण्डे ताल लगायतका स्थलहरु यतिबेला शुन्य प्राय बनेका छन् ।
वन्दा वन्दी घोषणा भएसंगै दर्शनार्थी पुजा आराधना गर्न कोही नआएको खैरावाङ्ग भुवनेश्वरी मन्दिर शारदा नगरपालिका १० का पुजारी छविरमण शर्माले बताए । कोरोना भाईरसको चर्चा सुरु भएसंगै कोही पनि पुजा आरधना गर्न नआएको उनले बताए । उनले भने ‘दैनिक ३० देखि ५० जनासम्म पुजा आराधनाका लागि दर्शनार्थी आउने मन्दिर सुनसान जस्तै भएको छ ।’
मन्दिरमा दर्शनार्थी नआए पछि पुजारी घरवाटै मन्दिर आउने जाने गरेका छन् । पुजारी शर्माका अनुसार दैनिक गरिने पुजा आरधना भएपनि दर्शनार्थीका लागि भने मन्दिर पुजा आराधना कोही आएका छैनन । वाहै्र महिना पुजा आरधानका लागि खुल्ला रहने मन्दिरमा चैते दशै र विजयादशीममा धेरै दर्शनाथीहरु आउने गर्दछन ।
नेपालकै एकमात्र बलि नचडाइने छायाँक्षेत्र शक्तिपीठ पनि सुनसान बनेको छ । पुजारी चुडामणी शर्माले मन्दिरमा दर्शनार्थी आउन छोडेको बताए । भक्तजनहरु आउन बन्द भएपनि पुजारीहरुलाई अहिले मन्दिरले ब्यवस्थापन समितिले खानपानको ब्यवस्था गरेको छ ।
सरकारले देशका एक सय पर्यटकिय स्थल मध्येको कुपिण्डे ताल पनि सुनसान बनेको छ । दैनिक २ सय देखि ३ सयसम्म अवलोकनका लागि आउने गरेको भएपनि अहिले सुनसान बनेको स्थानीय शेरजंग कंवरले बताए । उनले भने पर्यटक आउने समयमा नै लकडाउन भएपछि दर्जन बढीको रोजगारी पनि गुमेको छ । डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका दर्जन बढीको रोजगारी गुमेको उनको भनाई छ ।
यहाँ दाङ्ग,वाँके, वर्दिया, रुकुम, सुर्खेत ,जाजरकोट,रोल्पा लगायतका देश र भारतवाट समेत आउने गरेका छन् ।