ट्रेण्डिङ

होमपेज / शिक्षा

एसइईको नतिजा सार्वजनिक,६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

  सल्यान खबर डेस्क २०८२ असार १३ गते शुक्रबार २१:५३:२५ मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।

बोर्डले एसइईको नतिजा ९० दिनभित्र अर्थात् ७ असारमा प्रकाशन गर्ने जनाएको थियो। तर, शिक्षक आन्दोलनका कारण एक साता ढिला भएको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिन्छ।

६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए।

गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top