ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानमा दृष्टि विहीन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

  सल्यान खबर डेस्क २०८२ असार १३ गते शुक्रबार २१:१३:३७ मा प्रकाशित

असार १३,सल्यान 

सल्यानमा सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टि विहीन बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शारदा नगरपालिका १ शितलपाटीमा रहेको शिव जन माध्यमिक विद्यालयका २० दृष्टिबिहिन बालबालिकालाई सूर्य ज्योति इन्स्योरेन्स कम्पनीले शुक्रवार शैक्षिक सामाग्री वितरण गरेको हो । 

दृष्टिबिहिन बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत ल्यापटप एक थान, डेस्सटप कम्प्युटर १ थान, स्कुल झोला २० थान, इन्टरपोइन्ट बेरल स्लपट २० थान, बेरल कपि २० रिम र बेरल स्टाइलुस १०० थान वितरण गरिएको सूर्य ज्योति इन्स्योरेन्स सल्यानका प्रबन्धक भरत रोकायले जानकारी दिनु भयो । कम्पनीले प्रत्येक वर्ष संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारका कार्यक्रम गर्दै आइरहेको उहाँको भनाई छ । 

न्यून आय भएका र दृष्टिबिहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने शिव जन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञविक्रम शाहले जानकारी दिनु भयो । शैक्षिक सामाग्रीको अभावमा विद्यालय आउन नसक्ने बालबालिकालाई यस प्रकारको सहयोगले सहज भएको उहाँको भनाई छ । 

दृष्टिबिहिन बालबालिकाहरूलाई सहयोगप्रति विद्यालय परिवारको तर्फबाट आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको प्रधानाध्यापक जीवन कुमारी रावतले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top