ट्रेण्डिङ

होमपेज / शिक्षा

लक्ष्मी आधारभूत विद्यालय जलेखर्कमा ३ लाखको आत्मनिर्भर अक्षयकोष स्थापना

  सल्यान खबर डेस्क २०८१ माघ १० गते बिहीबार १८:३५:२६ मा प्रकाशित

माघ १०,सल्यान 

सल्यानको छत्रेश्वरी गाउँपालिका १ जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आत्मनिर्भर अक्षयकोष स्थापना भएको छ । स्थानीय रमेश गिरी, भूपेन्द्र गिरी र भागिराम गिरीले आफ्ना बुवा आमाको नाममा ३ लाख १ हजार १ सय १५ रुपैयाँ राशिको बालाराम टंकी गिरी आत्मनिर्भर अक्षयकोष स्थापना गर्नु भएको हो ।  

विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले आत्मनिर्भर अक्षयकोषको स्थापना गरिएको बताइएको छ । बालाराम र टंकी गिरीका तीन छोरा  मध्ये जेठो रमेश रमाइलो  भूपेन्द्र अमेरिकामा हुनु हुन्छ भने कान्छो छोरा भागिराम जापानमा बस्दै आइरहनु भएको छ । 

आत्मनिर्भर अक्षयकोष स्थापना कार्यक्रममा छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमाल, बागचौर नगरपालिका ९ का वडा सदस्य कमल डाँगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप योगी लगायतको उपस्थिति रहेको थियो । 

छोराहरुले आमाबुवाको नाममा विद्यालयमा अक्षयकोषका लागि पठाएको रकम दिन पाउँदा उत्साहित भएका् बुवा बालाराम गिरीले बताउनु भयो । विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ उहाँले भन्नु भयो  । यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top