ट्रेण्डिङ

होमपेज / शिक्षा

बनगाडका शिक्षकको काज सरुवा 

  सल्यान खबर डेस्क २०८१ भाद्र १ गते शनिबार ११:०९:१९ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ १,सल्यान

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले शिक्षकको काज सुरुवा अनुमोदन गरेको छ ।  । नगर शिक्षा समितिले गरेका ३६ जनाको शिक्षकको काज सरुवा अनुमोदन गरेको छ । साथै बैठकले नगरपालिका भित्रका कुनै पनि विद्यालयले अब शुल्क लिन नपाउने र लिएको पाएमा तत्काल कारबाही गर्ने समेत निर्णय गरेको छ। 

बैठकले  नगरपालिका भित्र काम भइरहेका तर सम्पन्न नभएका योजनाहरूको म्याद थप गर्ने निर्णय गरेको छ । म्याद थप भएको योजनाहरूमा  १५ श्ैयाको नगर अस्पताल, २,३,१०,११ का वडा कार्यालय भवनहरू, गरा र कौचे स्कुलको भवन, गिठाचौर जयतपानी सडक र विधुतको म्याद थप गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिनु भएको छ । आधारभूत विद्यालयको परीक्षामा उत्तीर्ण हुन नसकेको ठाउँमा १० जनाको पुन विज्ञापन गर्नुका साथै माध्यमिक विद्यालयको लागि नेपाली २ जना, गणित २ जना, विज्ञान २ जना र सामाजिक ४ जना शिक्षक नगर अनुदानमा शिक्षकको विज्ञापन खोल्ने निर्णय गरिएको उहाँले बताउनु भयो  । 

नगरपालिका भित्र रहेको छिन्चु जाजरकोट सडकको बिच सडकबाट १५ मिटर र सल्ली चौरजहारी र बालुवा सङ्ग्रहणी खलङ्गा सडकको बिच सडकबाट १० मिटर भित्र भएका घरहरूको अभिलेखीकरण नगर्ने निर्णय गरिएको छ । साथै स्वास्थ्य शाखा बाट केही कर्मचारीहरूलाई समेत काज सरुवा गरिएको छ । जनस्वास्थ्य निरीक्षक इन्द्रराज पोखरेललाई बाझकोट स्वास्थ्य चौकी मुलखोला बाट नगर स्वास्थ्य शाखामा , जनस्वास्थ्य निरीक्षक भुमा बुढाथोकीलाई देवस्थल स्वास्थ्य चौकी बाट बाझकोट स्वास्थ्य चौकी मुलखोलामा र अनमी सपना शर्मालाई नगर स्वास्थ्य शाखा बाट देवस्थल स्वास्थ्य चौकीमा काज सरुवा गरिएको छ । नगरपालिका भित्रका खोलाहरूमा पाँच वटा झोलुङ्गे पुलको लागि सङ्घ तथा प्रदेश सरकार सङ्ग बजेट माग गर्ने निर्णय गरिएको छ । बनगाड खोला वडा न ५, सिर्पागार खोला वडा न ४, संग्रही खोला ज्यामिरे किमचौर वडा न ७, सिमखोला रातामाटा वडा न ११ र  स्वाराज्युला खरिखाना वडा न ९ लगायतका ठाउँमा झोलुङ्गे पुल माग गर्ने निर्णय गरेको द्ध । 

जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै त्यसबाट सिर्जना हुने चुनौतीलाई सामना गर्ने उद्देश्यले नगरपालिकाको स्थानिय जलवायु अनुकूलन कार्य योजना निर्माण गर्ने तथा सोका लागि वन तथा वातावरण मन्त्रालय परियोजनासँग आर्थिक तथा प्राविधिक सहयोग माग गर्ने निर्णय समेत गरेको छ  ।

नगरपालिकाको बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि, २०८१ पारित गर्ने निर्णय गरिएको अधिकृत घर्तीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top