होमपेज / शिक्षा
असार १४,सल्यान
सल्यानबाट यस वर्ष माध्यमिक शिक्षा परिक्षा एसईईमा सबैभन्दा उत्कृष्ट ग्रेड ल्याउन सफल हुने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ । सल्यान दृष्टिकोणको सहकार्यमा ललितपुरमा अवस्थित ओमेगा कलेजले एसईईमा सबैभन्दा उत्कृष्ट ग्रेड ल्याउन सफल दुई जना विद्याथीलार्ई कक्षा ११ र १२ सम्म शैक्षिक शुल्कमा पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने भएको हो ।
सामुदायिक विद्यालयको तर्फबाट बढी ग्रेड ल्याउनेलाई पहिलो प्राथमिकता, समग्र जिल्लामै बढी ग्रेड ल्याउनेलाई दोस्रो प्राथमिकता र छात्रा तर्फ जिल्लामा बढी ग्रेड ल्याउने विद्यार्थीलाई तेस्रो प्राथमिकतामा राखेर दुई जनालाई छात्रवृत्ति उपलब्ध गराइने सल्यान दृष्टिकोणका संस्थापक धुर्वराज वलीले जानकारी दिनुभयो ।
छात्रवृत्ति दाबी गर्न तीन दिन भित्र सम्पर्क गर्नु पर्ने र एक हप्तापछी छात्रवृत्तिमा पर्न सफल नाम सार्वजनिक गरिने उहाँले बताउनुभयो ।