ट्रेण्डिङ

होमपेज / शिक्षा

कपुरकोट गाउँपालिकामा शैक्षिक सत्र २०८० को बार्षिक समिक्षा कार्यक्रम सुरु

  सल्यान खबर डेस्क २०८१ जेठ २ गते बुधबार १४:३७:१४ मा प्रकाशित

सन्तोष घर्ती, जेठ,२ सल्यान

सल्यानको कपुरकोट गाउँपालिकामा शैक्षिक सत्र २०८० को बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । पालिका भित्र रहेका सामुदायिक बिद्यालय तथा संस्थागत बिद्यालयले सञ्चालन गरेका बार्षिक गतिबिधिका बारेमा समिक्षा कार्यक्रम सुरु गरिएको हो ।

२ दिन सम्म सञ्चालन हुने कार्यक्रममा पालिकाका २४ वटा सामुदायिक बिद्यालय,४ वटा संस्थागत बिद्यालयको बार्षिक गतिबिधि,बिद्यालयले गरेका नया अभ्यास,सञ्चालनमा देखिएका चुनौती,शैक्षिक गुणस्तरको सभाबना,शैक्षिक कार्यायोजना लगायतका बिषयमा बिबरण प्रस्तुत गरिने शिक्षा शाखा प्रमुख सरस्वती भन्डारीले जानकारी दिनु भयो ।

समिक्षा कार्यक्रमकै अवसरमा बिद्यालयले गरेको प्रस्तुतीको आधारमा उत्कृष्ट बिद्यालय,बिद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभाबक संघ छनोट गरी सम्मान गरिने छ । यस्तै२०७९ को एस.इई र २०८० को पालिका स्तरीय कक्षा ५ र ८ को परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र÷छात्रा लाई नगद पुरस्कार सहित सम्मान गरिने छ भने ३० बर्षभन्दा बढी शिक्षण सेवा गर्नु भएका शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top